बझाङ : बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाई प्रभावित बनेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ४ महिना वितिसक्दा पनि बझाङका सामुदायिक विध्यालयका विध्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थी विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् ।
गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यामिक विध्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको सत्यवादी माध्यामिक विध्यालयका विद्यार्थी मिलन सिंहले बताउनुभयो ।
अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको धलौन माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत लव कुमार धामीले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दा पठनपाठनमा समस्या भएको सत्यवादी माध्यामिक विध्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताउनुभयो ।
जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले भने आफुले पुस्तक खरिदको लागि चैतको महिना विध्यालयको खातामा रकम हालिसकेको र कतिपय विध्यालयका प्रधानाध्यापकको बजारमा पुस्तक अभावभएकोले खरिदमा ढिलाई भएको उतरदिने गरेको बताउनुभयो । कतिपय विध्यालयले धनगडी, महेन्द्रनगरबाट ल्याएर विध्यार्थीलाई पुस्तक वितरण गरेको भए पनि भदौ सकिनै लाग्दा समेत पुस्तक नपुगेको आफुले जानकारी पाएको समेत संयोजक जोशीले बताउनुभयो ।