काठमाडौ: देशभर पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । चुनावका क्रममा ठुला ५ दलको सयुक्त गठबन्धन संग अधिकांस ठाँउमा नेकपा एमाले एक्लैले गठबन्धनको सामाना गरेको छ भने केहि ठाँउमा साना दल संग तालमेल गरेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । वडाध्यक्ष देखि पालिका प्रमुख सम्म स्वतन्त्रको विजयी यात्रा हेर्दा राजनैतिक दलहरुप्रति मतदाताकाे वितर्ष्णा पैदा भएकाे देखिन्छ ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष–३ सय १०
उपमेयर/उपाध्यक्ष–२ सय ८३
नेकपा एमाले
मेयर/अध्यक्ष–१ सय ८८
उपमेयर/उपाध्यक्ष–२ सय १३
माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २५
जसपा
मेयर/अध्यक्ष–२४
उपमेयर/उपाध्यक्ष–२८
एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१७
उपमेयर/उपाध्यक्ष–२०
लोसपा
मेयर/अध्यक्ष–१०
उपमेयर/उपाध्यक्ष–९
राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४
जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३
नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३
जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१
मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१
तमलोपा
मेयर/अध्यक्ष–१
जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१
विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१
स्वतन्त्र
मेयर/अध्यक्ष–९
उपमेयर/उपाध्यक्ष–४