बझाङ : सुर्मा गाउँपालिका १ देखि ५ सबै वडाहरुको मतगणना सम्पन्न हुँदाको नेकपा एमाालेलाई हराउँदै नेपाली कांग्रसले गाउँपालिका आफ्नो हात पार्न सफल भएको छ ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका खडक बोहराले नेकपा एमालेका दिपक बोहरालाई ४ सय ९७ मतले पछि पार्दै बिजयी बने भने उपाध्यक्ष पनि कांग्रेसकै रमला कुमारी मन्डेल पुजाराले नेकपा एमालेकी माता बोहरालाई १०६ मतान्तरमा हराउँदै बिजयी बनिन् ।
यससँगै बझाङमा नेपाली कांग्रेसले बझाङमा ६ वटा पालिकामा आफ्नो जित सूनिश्चित गरेको छ भने पहिलेको ठूलो दल नेकपा एमालेले ३ स्थानीय तहमा सिमित बनेको छ । उता माओवादी केन्द्र दुई पालिका र नेकपा एकीकृत समाजवादी १ पालिकामा खुम्चिएको छ ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः
१ बझाङको जयपृथ्वी नगरपालिका– चेतराज बजाल
२) बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
३) बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
४) बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
५) बझाङको बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
६) बझाङको सुर्मा गाउँपालिका - खडकबहादुर बोहरा
नेकपा एमाले विजयी भएका पालिकाहरूः
१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
नेकपा माओवादी केन्द्र बिजयी भएका पालिकाहरु :
१) दुर्गाथली गाउँपालिका - दिलबहादुर थापा
२) छबिसपाथिभेरा गाउँपालिका - बसन्त चलाउने
नेकपा एकीकृत समाजवादीले बिजयी भएका पालिका:
१) केदारस्युँ गाउँपालिका - गणेश बोहरा