बझाङ : बझाङ जिल्लामा सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट सर्न नदिन तथा त्यसको पूर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार एक सूचना जारी गर्दै विभिन्न स्वास्थ्य सजकता अपनाउन आग्रह गरेको हो ।
सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा लगाउनुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।
त्यसैगरी होटल तथा रेष्टुरेन्ट जस्ता सार्वजनिक स्थानमा प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने भएको छ । आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ ।
माघ ७ गतेदेखि सार्वजनिक निकायमा सेवा लिन आउदा सेवा ग्राहीहरुले खोप कार्ड अनिवार्य लियर आउनुपर्ने, विध्यालयहरु समेत मंगलबारबाट माघ १५ गते १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पूर्ण खोप लगाएको कार्डको फोटो भए पनि हुने प्रशासनले जनाएको छ । प्रशासनले मंगलबार यस्तो निर्णय गरेको हो ।
तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।