बझाङ : अमेरिका र भारतबाट संकलित राहत रकम थलारा र खप्तडछान्नामा वितरण गरिएको छ । अमेरिकाबाट संकलित ५ लाख ६७ हजार ४ सय ३५, भारतबाट संकलित ५० हजार थलारा र खप्तडछान्नाका बाढी पहिरो पिडितलाई वितरण गरिएको हो ।
अमेरिकामा रहेका थलारा गाउँपालिका वडा नम्बर ९ सिराटाका अर्जुनबहादुर सिंहका छोरा धनबहादुर सिंह र जयपृथ्वी नगरपालिका १० कुलालीगाउँ घर भइ हाल अमेरिका बस्दै आउनुभएका नवराज जोशीका छोरा यज्ञराज जोशी मार्फत् संकलित ५ लाख ६७ हजार ४ सय ३५ रकम मध्ये थलारा ४ डिख्लाका ७ पिडित परिवारलाई एक लाख ८० हजार, खप्तडछान्ना भरका ३५ घरपरिवारका बाढी पहिरो पिडितलाई २ लाख ५३ हजार वितरण गरिएको छ भने बाँकी एक लाख ३४ हजार ७ सय ५० थलाराका अन्य वडामा वितरण गरिने धनबहादुर सिंहका दाई प्रेमबहादुर सिंहले बताउनुभयो ।
खप्तडछान्ना वितरण गरिएको रकमबारे बुझ्न यो भिडियो हेर्नुहोला ।
अमेरिकाबाट चन्दा सहयोग गर्ने व्यक्तिहरु र रकम
1- Narendra Dev pant $ 101
2- parasa singh shahi $ 100
3-Dhan Bdr singh $ 101
4 - jay Thulung Rai $ 25
5- Bikash singh Thakuri $ 55
6 - kapil Dhami $ 50
7- Ganesh Aryal $ 51
8- Raj shrestha $ 55
9 - Krishan Awasthi $101
10- Biru Gurung $101
11- Krishna / kripa kandel $ 101
12-Sher Rawal $51
13-Rabin Tumbahangphe $51
14-Yagay Joshi $201
15- Harish Bhatta $ $51
16- Puspa Dahal $ 55
17- Ram Chandra Shrestha $101
18- Ram chandr Reghmi $51
19- Shankar Dhakal $51
20- Bijay Bhatta $ 51
21- Gopal Joshi $51
22- parash khadka $101
23- Deepak pandit $ 55
24 -Sanjay pant $ 51
25 -Ram ojha $21
26- Gopal Adhikari $ 51
27- Arjun Dahal $41
28- Mangal Bahadur singh $ 101
29- Dilip khati $101
30- Ishwar prasad Joshi $ 51
31- Ashok giri $ 21
32-Janak Raj upadhayay $105
33- Ramesh Chand Thakuri $55
34- Jang Pal. $ 101
35- Jitendra Basnet $31
36-Narayan paudel $25
37- Chet Raj Joshi $51
38- Sudip Adhikari $21
39- Rishi Bhattarai $31
40- Megharaj Reghmi $51
41- KP Bhatta $31
42- Prachanda Singh $ 101
43- Bhadra Rai $31
44- laxman singh $ 101
45-Prativa singh chand $101
46-Ashok Shrivastav $101
47-Narayan Mishra $ 51
48- Subhash Budhathoki $51
49- Madhu Aryal $31
50- Run Bahadur chochangi $21
51- purushottam Dhakal $ 21
52 - Deepak khatiwada $ 55
53- Madhav Atreya $31
54- Raghu Giri $25
55- shudarshan Banjara $ 26
56- subhash k c $ 51
57 - Rinku shrestha $ 25
58- Santosh singh $101
59 - Rajan Timsina $ 31
60- Ramesh KC $ 25
61- Ganesh Bdr Gauli $ 41
62- Yagya Raj Ojha $51
63- Hem raj Gurung $101
64- Tejesh B Malla $25
65-Nar Bdr Basnet $ 51
66- Hari Chandra Joshi( Nepal)Rs 20001
67-laxmi Bam Singh $101
68 -Master G cash & carry $ 500
69-John W Burton Jr. $ 100
70-Ishwar Bhandari $ 55
71-Suresh Pant $50
—————————
Total Amount $ 4855
यस्तै थलारा ९ सिराटा घर भइ हाल भारतमा रहेका कलाकार बासुदेव जोशीको संयोजनमा संकलित २३ हजारमध्ये १० हजार थलारा ४ डिख्लामा र १३ हजार खप्तडछान्नामा वितरण गरिएको छ । यस्तै हाम्रो सुदूरपश्चिम देउडा एकता समाजद्धारा संकलित २७ हजारमध्ये थलारा ४ का बाढी पहिरो पिडितलाई १० हजार र १७ हजार खप्तडछान्नामा वितरण गरिएको हो । राहत वितरण क्रममा बाढीपहिरो पिडितले राहतभन्दा पनि बस्ती नै स्थानान्तरणका लागि सबैले पहल गरिदिन माग गरेका छन् । उनीहरुले हाल बसिरहेका सबै ठाउँ असुरक्षित भएकाले अन्त स्थानान्तरण गरिदिन माग गरेका हुन् ।
थलारा ४ डिख्लाका बाढीपहिरो पिडितलाई सरस्वती आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित राहत वितरण कार्यक्रममा अमेरिकाबाट पठाइएको रकम प्रेमबहादुर सिंह र पत्रकार प्रताप ओली मार्फत् थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय, थलारा ४ का वडाध्यक्ष्य विष्णु विष्ट, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य राम खाती र नेकपा एकीकृत समाजवादी पार्टीका जिला कमिटी सदस्य लोकेन्द्र विष्टद्वारा वितरण गरिएको थियो भने भारतबाट संकलित रकम गाउँपालिका अध्यक्ष उपाध्याय र वडाध्यक्ष विष्टद्वारा वितरण गरिएको थियो ।
खप्तडछान्ना गाउँपालिकाका बाढी पहिरो पिडितलाई गाउँपालिकाको समिक्षालयबाट वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा खप्तडछान्नाका राजनीतिक दलका प्रतिनिधि, खप्तडछान्ना गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत, पत्रकार प्रताप ओली लगायतको उपस्थितीमा वितरण गरिएको थियो ।