दार्चुला : दार्चुलाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा संञ्चालनमा रहेको भेडासुधार कार्यक्रमको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले अनुगमन गर्ने तयारी गरेको छ ।
कार्यालयले अगामी भाद्र महिनाको अन्तिमबाट जिल्लाभरी नै अनुगमन गर्ने कार्यतालिका अनुसार जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा सञ्चालित भेडासुधार कार्यक्रमको पनि अनुगमन गर्ने तयारी गरेको हो ।
कार्यालयका अनुसार अहिले यी स्थानीय तहमा गोठ सुधार भएका छन् । स्थानीयहरुले भेडाखरिद गरको तथा भेडाहरु आवत जावत गर्नका लागि पुलहरु बनाउने काम भइरहेको कार्यालय प्रमुख चन्द्रकान्त पन्तले बताउनुभयो ।
दार्चुलाको हिमाली स्थानीय तहमा व्यवसायिक रूपमा गरिँदै आएको भेडापालन पछिल्लो समय चरन अभावले संकटमा पर्दै गएको छ । जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा गरिदै आएको भेडापालन व्यवसाय संकटान पर्न थालेको हो ।
गाउँमा आवश्यक चरनको अभाव भएपछि भेडा व्यवसाय संकटमा पर्दै गएको भेडापालन गर्ने व्यक्तिहरुले बताएका छन् । चरन क्षेत्रमा मानवीय अतिक्रमण बढन थालेपछि समस्या भएको गुनासो आउन थालेपछि पछिल्लो समय जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा पशुविकास कार्यक्रम अन्तर्गत भेडापालन सुधार कार्यक्रम सञ्चालन गरिएको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।
‘हामीले यो भन्दा पहिले नै अनुगमन गर्ने तयारी गरेका थियौ ,तर दुबै स्थानीय तहमा कोरोना महामारीका कारण कर्मचारी गएर काम गर्ने सक्ने स्थिति नभएपछि अनुगमन गर्न सकिएको थिएन कार्यालय प्रमुख पन्तले भन्नुभयो ”। दुई स्थानीय तहमा भेडापालन कार्यक्रममा लागि संघ प्रदेश स्थानीय तहको सहकार्यमा झण्डै ३० लाख रुपैँया बजेट विनियोजन गरिएको छ ।
जिल्लाको अपि हिमाल गाउँपालिका तथा व्यासँ गाउँपालिकामा पालिदै आएको भेडाबाट ऊन र मासुका लागि राम्रो मानिदै आएको छ । ऊनबाट कम्मल, वोद्लो र थैलालगायत सामग्री बुनेर यस क्षेत्रका बासिले राम्रो आम्दानी गर्दै आएको भए पनि आधुनिकतासँगै बजार माग घटेको र चरण समेत कम भएकाले भेडा पालन संकटमा पर्न थालेको यसलाई निरन्तरता दिनका लागि दुई स्थानीय तहमा भेडा सुधार कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।