प्रगतिशिल युवा समाजको आयोजनामा संञ्चालन गरिएको तीन दिने विद्यालय सुधार सम्बन्धि तालिम आज (मंगलबार) सम्पन्न भएको छ । प्रगतिशिल युवा समाजको आयेजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संञ्चालन भएको तीन दिने विद्यालय सुधार योजना तालिम आज (मंगलबार) सम्पन्न भएको हो । प्रगतिशिल युवा समाजका सहसचिव प्रविन्द धामीको अध्यक्षतामा संञ्चालन भएको समापन कार्यक्रममा जयपृथ्वी नगरपालिका भित्रका २० वटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत उक्त तिन दिने तालिम विद्यालय सुधार सम्बन्धि जनाकारी गराउने, विद्यालयमा हुन सक्ने सम्भावित जोखिम पहिचान गर्न सक्ने, सुरक्षित स्थान पहिचान गरी जानकारी गराउने, विद्यालय सुरक्षा योजना निर्माण गरि कार्यन्वयन गर्ने र विद्यालय सुरक्षाको विषय एसआईपी मा राख्ने लगाएतका उदेश्य राखी तालिमको आयेजना गरिएको प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै जयपृथवी नगरपालिका ७ मा रहेको सुनिपिपलचौर माविका शिक्षक विर्खराज जोशीले विद्यालयले विगतमा अपनाउँदै आएका विद्यालय सुधारका कुराहरुसँगै तालिमले थप कुराहरु सिक्ने मौका पाएको बताउँदै विद्यालय व्यवस्थापन समिती, विद्यालय प्रशासन तथा आम अभिभावकहरुले विद्यालयको सुरक्षा योजनाका लागि आगामी दिनमा सक्रिय रुपमा काम गरी विद्यालयको पहिचान दिनु पर्ने बताउनुभयो । विद्यालय सवैको साझा थालो भएका कारण साझेदार संस्थाले मात्रै नभई सवैले विद्यालय सुधारका योजनाहरुलाई अघाडी बढाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्द्र प्रसाद जोशीले विद्यालय सुरक्षाको योजना बारे सवै शिक्षकहरुलाई जानकारी भएपनि तालिमले कसरी कार्यन्वयनको बाटोमा लैजाने भन्ने विषयमा थप जानकारी मिलेको अपेक्षा आफुले लिएको बताउनुभयो । यो योजना विद्यालय कस्तो छ भनेर देखाउने ऐनाको रुपमा रहेका कारण विद्यालयको चौतर्फि विकास र सुधारका लागी सवैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै आगामी दिनमा शिक्षक र विद्यालयका कुनै पनि समस्या समाधान गर्नका लागी जयपृथ्वी नगरपालिका तयार रहेको समेत उहाँले बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै प्रगतिशिल युवा समाजका सहसचिव प्रविन्द्र धामीले संस्थाले विद्यालय र समाजमा हिजोका दिनमा भएका कमिकमजोरीलाई सुधारेर लैजाने तथा शिक्षा क्षेत्रको माध्यामबाट समग्र समाजको रुपान्तरणको योजना बोकेर परियोजनाको निर्माण गरेको बताउनुभयो ।
साथै अधिंकाश क्षेत्रमा परियोजनाले काम गर्दासम्म सक्रियता देखिएपनि परियोजना बाहिरीएपछी फेरी जस्ताको त्यस्तै रुपमा फर्किने परम्परा भएका कारण आगामी दिनमा यी कार्यक्रमहरुलाई झनै दिगो वनाई राख्नका लागी सवैले काम गर्नुपर्ने धामीले बताउनुभयो । यही जेठ ६ गतेदेखी सुरु भएको उक्त तालिममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरजप्रसाद रेग्मी र प्राविधिक सहायक देवेन्द्र प्रसाद जोशीले प्रशिक्षण गराउनु भएको थियो ।